-
प्रस्थान २९:३६, ३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीले हरेक दिन पापको प्रायश्चितका लागि बहर काटेर पापभेटी चढाउनू; यसरी प्रायश्चितको बलि चढाएर वेदीको पाप हटाउनू र त्यसलाई शुद्ध पार्नू अनि वेदीलाई चोख्याउन अभिषेक गर्नू।+ ३७ तिमीले सात दिनसम्म वेदीको निम्ति प्रायश्चितको बलि चढाउनू र त्यसलाई चोख्याउनू; यसरी त्यो वेदी महापवित्र हुनेछ।+ वेदीमा सेवा गर्ने हरेक मानिस पवित्र हुनुपर्छ।
-
-
लेवी ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि तिनले वेदीमा सात पल्ट तेल छर्के अनि वेदी, त्यसमा भएका सबै सरसामान, बाटा र त्यसको टेकोलाई अभिषेक गरेर चोख्याए।
-