प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरूले शरणनगरहरू रोज्दा अनजानमा कसैलाई मार्ने व्यक्‍ति भागेर जान सजिलो हुने सहरहरू रोज्नू।+

  • गन्ती ३५:२२-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘तर यदि कसैले घृणाको भाव नराखी भुलवश कुनै व्यक्‍तिलाई धकेल्दा त्यो व्यक्‍ति मऱ्‍यो अथवा खराब मनसाय नराखी* त्यसमाथि कुनै कुरा फ्याँक्दा त्यो व्यक्‍ति मऱ्‍यो भने+ २३ अथवा यदि कुनै व्यक्‍तिले कसैलाई देखेको छैन अनि ढुङ्‌गा फ्याँक्दा वा गुल्टाउँदा भुलवश त्यो ढुङ्‌गाले त्यस व्यक्‍तिलाई लाग्यो र त्यो व्यक्‍ति मऱ्‍यो अनि ऊ मर्ने व्यक्‍तिको शत्रु होइन वा उसले मर्ने व्यक्‍तिको कुभलो चिताएको थिएन भने २४ समुदायले यी निर्देशनहरू पछ्याउँदै मान्छे मार्ने व्यक्‍ति र रगतको साटो फेर्ने व्यक्‍तिको बीचमा न्याय गरिदेओस्‌।+ २५ अनजानमा मान्छे मार्ने व्यक्‍तिलाई समुदायले रगतको साटो फेर्ने व्यक्‍तिको हातबाट बचाओस्‌ र ऊ भागेर गएको शरणनगरमै उसलाई फर्काइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यहीँ बसोस्‌।+

  • व्यवस्था ४:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्‍तिको ज्यान गयो र त्यस व्यक्‍तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस्‌ र त्यहीँ बसोस्‌।+

  • व्यवस्था १९:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्‌नू र हरेक भागमा एउटा-एउटा सहर छुट्ट्याउनू। हत्या गर्ने कुनै पनि मानिस ती सहरहरूमध्ये एउटामा भागेर जान सकोस्‌ भनेर ती सहरहरूमा जाने बाटो पनि बनाउनू।

      ४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्‌गलमा गएर दाउरा काट्‌दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्‍यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्‌ र आफ्नो ज्यान बचाओस्‌।+

  • यहोसु २०:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यही आज्ञाबमोजिम इस्राएलीहरूले यी सहरहरूलाई अलग्गै छुट्ट्याए:* नप्तालिको पहाडी इलाकामा गालिलको केदेस,+ एप्रैमको पहाडी इलाकामा सकेम+ र यहुदाको पहाडी इलाकामा किर्यथ-अर्बा+ अर्थात्‌ हेब्रोन। ८ अनि यरिहोको पूर्वपट्टि यर्दनको इलाकामा तिनीहरूले यी सहरहरू छाने: रुबेनको कुलको पठारमा* भएको निर्जनभूमिमा रहेको बेजेर,+ गादको कुलको इलाकामा पर्ने गिलादको रामोथ+ र मनस्सेको कुलको इलाकामा पर्ने बासानको गोलान।+

      ९ इस्राएलीहरू र तिनीहरूसित बसोबास गर्ने विदेशीहरूमध्ये कसैले अनजानमा कुनै व्यक्‍तिलाई माऱ्‍यो भने ऊ भागेर जान सकोस्‌ भनी छुट्ट्याइएका शरणनगरहरू यी नै हुन्‌।+ समुदायसामु उसको फैसला हुनुअघि नै रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई नमारोस्‌ भनेर ऊ त्यहीँ बस्न सक्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने