प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३५:४-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ मोसाले इस्राएलीहरूको सारा समुदायलाई यसो पनि भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ, ५ ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति अनुदान ल्याउनू।+ ज-जसले खुसीसाथ यहोवा परमेश्‍वरलाई अनुदान चढाउने इच्छा गर्छ,+ तिनीहरूले यी कुराहरू ल्याऊन्‌: सुन, चाँदी, तामा, ६ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला,+ ७ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ, ८ दियोको निम्ति तेल, अभिषेक गर्ने तेल तयार पार्न र सुगन्धित धूप बनाउन चाहिने बाल्सम*+ ९ अनि एपोद* र छातीपातामा*+ जड्‌नको निम्ति ओनिक्स* र अन्य रत्नहरू।+

  • १ इतिहास २९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यी भेटीहरू दिन पाउँदा मानिसहरू असाध्यै रमाए किनकि तिनीहरूले राजीखुसीले र आफ्नो पूरा हृदयले यहोवा परमेश्‍वरलाई यी भेटीहरू दिएका थिए।+ यो देखेर राजा दाउद पनि निकै खुसी भए।

  • २ कोरिन्थी ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने