प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३७:१७-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि तिनले निखुर सुनको एउटा पानस बनाए।+ तिनले सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाए।+ १८ पानसको डन्डाबाट छ वटा हाँगा निस्केका थिए, दायाँतिर तीन वटा र बायाँतिर तीन वटा। १९ एक जोडी हाँगाको एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थियो। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। ती पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। त्यसैगरि अर्को दुई जोडी हाँगामा पनि एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थिए। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। पानसको डन्डाबाट निस्केका छ वटै हाँगा यस्तै थिए। २० पानसको डन्डामा कागजी बदामको फूलको पत्रदलजस्तै चार वटा पत्रदल थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। २१ पानसको डन्डाबाट पहिलो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला, दोस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला र तेस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला थिए। डन्डाबाट निस्केका तीनै जोडी हाँगामुनि यस्तै थिए। २२ कोपिला, हाँगा र पूरै पानस निखुर सुनको एउटै लाप्सोलाई घनले पिटेर बनाइएको थियो। २३ त्यसपछि तिनले निखुर सुनको सात वटा दियो,+ चिम्टा र सलेदोदानी* पनि बनाए। २४ तिनले पानस र अरू सबै सरसामान एक टालेन्ट* निखुर सुनबाट बनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने