-
लेवी ८:१४-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनले पापभेटीको बहर ल्याए अनि हारुन र उनका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखे।+ १५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस् भनेर वेदीलाई चोख्याए। १६ त्यसपछि तिनले आन्द्रासँगै टाँसिएको बोसो, कलेजोमाथि भएको बोसो अनि दुवै मिर्गौला र त्यसमा भएको बोसो निकाले। मोसाले ती सबैलाई वेदीमा जलाए।*+ १७ तर बहरको बाँकी सबै भाग अर्थात् त्यसको छाला, मासु र गोबर तिनले छाउनीबाहिर जलाउन लगाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे।
-