-
लेवी ८:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि तिनले अर्को थुमा अर्थात् पुजारी नियुक्त गर्दा चढाइने थुमा ल्याए+ अनि हारुन र उनका छोराहरूले त्यसको टाउकोमाथि आफ्नो हात राखे।+ २३ मोसाले त्यसलाई काटे र त्यसको अलिकति रगत लिएर हारुनको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए। २४ त्यसपछि मोसाले हारुनका छोराहरूलाई अगाडि ल्याए र अलिकति रगत लिएर तिनीहरूको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए; बाँकी रगतचाहिँ तिनले वेदीको चारैतिर छर्के।+
-