-
गन्ती २८:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि चढाउनू।+ ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ।
-