४ मैले मेरा परमेश्वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ:
“हे साँचो परमेश्वर यहोवा, जो महान् र आश्चर्यजनक कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम देखाउनुहुन्छ।+