-
लेवी ५:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यदि कसैले अनजानमै यहोवा परमेश्वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्वरसामु ल्याओस्;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+ १६ उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्।+ उसले त्यो पुजारीलाई देओस् र पुजारीले उसको निम्ति प्रायश्चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन् अनि उसले क्षमा पाउनेछ।+
-
-
गन्ती ५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “इस्राएलीहरूलाई भन, ‘सङ्गी मानवविरुद्ध पाप गरेर कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्वरलाई विश्वासघात गऱ्यो भने ऊ दोषी ठहरिनेछ।+ ७ उसले* आफ्नो पाप स्विकारोस्+ अनि आफूले* गरेको अपराधको पूरा क्षतिपूर्ति तिरोस् र त्यसको पाँच भागको एक भाग पनि देओस्;+ उसले जसको विरुद्धमा पाप गरेको हो, उसैलाई त्यो रकम तिरोस्।
-