-
लेवी ८:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि तिनले बोसो, बोसेपुच्छर,* आन्द्रालाई ढाक्ने बोसो, कलेजोमाथिको बोसो, दुवै मिर्गौला र त्यसमाथि भएको बोसो र दाहिने खुट्टा लिए।+ २६ तिनले यहोवा परमेश्वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे। २७ त्यसपछि मोसाले ती सबैलाई हारुन र उनका छोराहरूको हत्केलामा राखिदिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।*
-