२५ अनि पुजारीले त्यस स्त्रीको हातमा भएको डाहको मामिलामा चढाइने अन्नभेटी लेऊन्+ र यहोवा परमेश्वरसामु डोलाऊन् अनि भेटीलाई वेदीनेर ल्याऊन्। २६ एक मुठी अन्नभेटी लिएर पुजारीले त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्;+ त्यसपछि त्यस स्त्रीलाई तीतो पानी पिउन लगाऊन्।