- 
	                        
            
            लेवी ६:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२० “जुन दिन हारुनलाई अभिषेक गरिन्छ, त्यही दिन तिनी र तिनका छोराहरूले यहोवा परमेश्वरलाई नियमित रूपमा चढाइने अन्नभेटीस्वरूप एपाको दस भागको एक भाग*+ मसिनो पीठो चढाऊन्,+ आधा बिहान र आधा साँझ। २१ यो पीठो तेलमा मुछेर तावामा पकाइयोस्।+ रोटीलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याइयोस् अनि यहोवा परमेश्वरलाई चढाइयोस्। यो अन्नभेटीबाट निस्केको बास्ना परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।
 
 -