प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्‌गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्‌, नुहाओस्‌ र ऊ साँझसम्म अशुद्ध रहोस्‌;+ त्यसपछि ऊ शुद्ध हुनेछ।

  • लेवी २२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूका सन्तानमध्ये कोही अशुद्ध भएकै अवस्थामा म यहोवाको लागि इस्राएलीहरूले छुट्ट्याएका पवित्र कुराहरूको नजिक आएमा उसलाई मेरो सामनेबाट हटाइयोस्‌।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। म यहोवा हुँ।

  • लेवी २२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ साथै तिनले कुनै मरेको जनावर वा जङ्‌गली जनावरले मारेको जीव नखाऊन्‌ नत्र त तिनी अशुद्ध हुनेछन्‌।+ म यहोवा हुँ।

  • व्यवस्था १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले मरिसकेको जनावर भेट्टायौ भने त्यसको मासु नखानू।+ तिमीहरूले त्यो आफ्नै सहरमा बस्ने विदेशीलाई दिन सक्छौ र उसले त्यो खान सक्छ अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। किनभने तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ।

      “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

  • इजकिएल ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि मैले भनेँ: “हे ब्रह्‍माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+

  • इजकिएल ४४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मरेको अथवा अरू जनावरले लुछेर मारेको पशुपक्षी पुजारीहरूले खानु हुँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने