११ “‘यहोवा परमेश्वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+ १२ यदि कसैले परमेश्वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्।