प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २८:३-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “अनि तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ। ४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि चढाउनू।+ ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ। ७ साथै तिमीहरूले मद्यभेटीको रूपमा प्रत्येक पाठोसँग एक चौथाइ हिन मद्य चढाउनू।+ यहोवा परमेश्‍वरको लागि मद्यभेटीको रूपमा यसलाई पवित्र ठाउँमा खन्याउनू। ८ अनि दोस्रो पाठोचाहिँ साँझमा चढाउनू। बिहान चढाएको जस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने