११ निस्तार चाडको भोलिपल्टदेखि तिनीहरूले त्यस ठाउँको उब्जनी खान थाले। त्यो दिन तिनीहरूले खमिर नहालेको रोटी+ र भुटेको अन्न खाए। १२ तिनीहरूले त्यस देशको अन्न खान थालेको दिनदेखि मन्न पाइन छोड्यो। त्यसपछि इस्राएलीहरूले कहिल्यै मन्न पाएनन्।+ त्यस वर्षदेखि तिनीहरूले कनान देशको उब्जनी खान थाले।+