१२मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+२ तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”+ यो कुरा यहोवा परमेश्वरले सुनिरहनुभएको थियो।+
२ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो!