५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ।
१० त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हारुनको लौरो+ फेरि साक्षीपाटी राखिएको सन्दुकअगाडि राखिदेऊ र यो लौरो विद्रोह गर्नेहरूका+ लागि चिन्ह होस्।+ त्यसपछि तिनीहरूले मविरुद्ध गनगन गर्न बन्द गर्नेछन् र तिनीहरू मर्नुपर्नेछैन।”