११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+
१४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+