१७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+