१९ म अब्राहामलाई राम्ररी चिन्छु। म यस कुरामा ढुक्क छु, तिनले जे सही र न्यायोचित छ, त्यही गर्न आफ्ना सन्तान र घरानालाई आज्ञा दिनेछन् अनि तिनले तिनीहरूलाई यहोवाले देखाउनुभएको बाटोमा हिँड्न लगाउनेछन्।+ तब यहोवाले आफ्नो वाचा पूरा गर्नुहुनेछ।”
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+