प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २८:७-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले साउलले आफ्ना सेवकहरूलाई भने: “भूतप्रेत खेलाउने एउटी आइमाई खोज।+ म उसकहाँ गएर सल्लाह माग्छु।” तब तिनका सेवकहरूले भने: “महाराज! एन-दोरमा+ भूतप्रेत खेलाउने एउटी आइमाई बस्छे।”

      ८ त्यसपछि साउलले आफ्नो भेष बदले। तिनले अर्कै लुगा लगाए अनि आफ्ना दुई जना मानिस लिएर राती त्यस आइमाईकहाँ गए। साउलले उसलाई भने: “बिन्ती छ, भूतप्रेत खेलाएर मेरो भविष्य बताइदेऊ।+ अनि म जसको नाम लिन्छु, उसलाई जगाइदेऊ।” ९ तर त्यस आइमाईले भनी: “साउलले के गर्नुभएको थियो, त्यो त तपाईँलाई थाहै छ। उहाँले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाउनुभएको थियो।+ अब तपाईँ किन मलाई फन्दामा पार्न खोज्दै हुनुहुन्छ? यस्तो काम गर्न लगाएर तपाईँ किन मलाई मार्न खोज्दै हुनुहुन्छ?”+ १० तब साउलले यहोवा परमेश्‍वरको कसम खाँदै त्यस आइमाईलाई भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यसको कारण तिमीमाथि कुनै दोष आइपर्नेछैन!” ११ तब त्यस आइमाईले भनी: “भन्‍नुहोस्‌, कसलाई जगाइदिऊँ?” साउलले भने: “समुएललाई।”

  • यसैया ८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनीहरूले तिमीहरूलाई यसो भन्लान्‌: “फलाक्दै भूतप्रेत खेलाउने र भावी बताउनेहरूसित सोधपुछ गर।” तर के तिनीहरूले आफ्ना परमेश्‍वरलाई सोधपुछ गर्नुपर्ने होइन र? जिउँदाहरूका बारेमा मरेकाहरूलाई सोध्नु के उचित हो?+

  • गलाती ५:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब शरीरका कामहरू प्रस्ट छन्‌। ती हुन्‌: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+ २० मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी,

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने