प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+

  • २ इतिहास ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्‌।+

  • यर्मिया २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्‌, तिनीहरूलाई सराप्नेछन्‌+ र तिनीहरूको नाममा उखान बनाउनेछन्‌।

  • यर्मिया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने