-
व्यवस्था ११:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “हेर, मैले आज तिमीहरूको अगाडि आशिष् र सराप राखिदिएको छु:+ २७ यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू, जुन आज म तिमीहरूलाई दिँदै छु, ती पालन गऱ्यौ भने तिमीहरूले आशिष् पाउनेछौ।+ २८ तर तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गरेनौ, मैले आज तिमीहरूलाई हिँड्नू भनेको बाटोमा हिँडेनौ र चिन्दै नचिनेको देवताहरूलाई पुज्न थाल्यौ भने तिमीहरूले सराप पाउनेछौ।+
-
-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-