१३यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ।
६ अनि लेबनानदेखि+ मिस्रेफोथ-मैमसम्मको+ पहाडी इलाकामा बस्ने मानिसहरूको र सिदोनीहरूको+ पूरै इलाका। म तिनीहरू सबैलाई इस्राएलीहरूको सामनेबाट धपाइदिनेछु।+ तिमीले चाहिँ मैले आज्ञा गरेझैँ इस्राएलीहरूलाई ती इलाकाहरू पैतृक सम्पत्तिको रूपमा बाँडिदिनू।+