प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘तर यदि कसैले घृणाको भाव नराखी भुलवश कुनै व्यक्‍तिलाई धकेल्दा त्यो व्यक्‍ति मऱ्‍यो अथवा खराब मनसाय नराखी* त्यसमाथि कुनै कुरा फ्याँक्दा त्यो व्यक्‍ति मऱ्‍यो भने+ २३ अथवा यदि कुनै व्यक्‍तिले कसैलाई देखेको छैन अनि ढुङ्‌गा फ्याँक्दा वा गुल्टाउँदा भुलवश त्यो ढुङ्‌गाले त्यस व्यक्‍तिलाई लाग्यो र त्यो व्यक्‍ति मऱ्‍यो अनि ऊ मर्ने व्यक्‍तिको शत्रु होइन वा उसले मर्ने व्यक्‍तिको कुभलो चिताएको थिएन भने २४ समुदायले यी निर्देशनहरू पछ्याउँदै मान्छे मार्ने व्यक्‍ति र रगतको साटो फेर्ने व्यक्‍तिको बीचमा न्याय गरिदेओस्‌।+

  • व्यवस्था १९:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्‌गलमा गएर दाउरा काट्‌दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्‍यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्‌ र आफ्नो ज्यान बचाओस्‌।+ ६ तर भाग्नुपर्ने सहर एकदमै टाढा छ भने रगतको साटो फेर्ने व्यक्‍तिले+ तातो रिसको झोँकमा त्यस हत्यारालाई लखेट्‌ला अनि बीच बाटोमै भेट्टाएर मार्ला। वास्तवमा मरेको त्यस मानिससित हत्याराको पहिला कुनै दुस्मनी नभएकोले त्यो हत्यारा मारिनु उचित होइन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने