-
गन्ती ३५:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागबाट लेवीहरूको लागि केही सहरहरू छुट्ट्याउनू+ र सहरको वरपर भएको चरन पनि उनीहरूलाई दिनू भनी इस्राएलीहरूलाई आज्ञा देऊ।+ ३ ती सहरहरूमा लेवीहरू बसोबास गरून् र वरपरको चरनचाहिँ उनीहरूले आफ्ना वस्तुभाउ र अरू जनावरका लागि अनि ती पशुहरूको निम्ति चाहिने सरसामान राख्नका लागि प्रयोग गरून्। ४ इस्राएलीहरूले लेवीहरूलाई दिने चरन सहरको चारैतिरको पर्खालदेखि १ हजार हात* फैलिएको होस्।
-