-
व्यवस्था २०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+
-
-
यहोसु १०:११-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरू इस्राएलीहरूदेखि भाग्दै बेथ-होरोनबाट ओरालो झरिरहेको बेला यहोवा परमेश्वरले अजेकाहसम्मै ठूलठूला असिना बर्साएर तिनीहरूलाई मार्नुभयो। वास्तवमा इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्ख्या धेरै थियो।
१२ यहोवा परमेश्वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:
“हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+
हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”
१३ अनि इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई नजितेसम्म सूर्य र चन्द्रमा अडिरह्यो। सूर्य आकाशको बीचमा अडिरह्यो र पूरै एक दिन घाम अस्ताएन भनेर के यासारको पुस्तकमा+ पनि लेखिएको छैन र? १४ यहोवा परमेश्वरले मानिसको बिन्ती सुनेर यसो गर्नुभएको घटना न यसअघि भएको थियो न त यसपछि नै भयो।+ किनकि त्यसबेला यहोवा परमेश्वर इस्राएलीहरूको तर्फबाट लडिरहनुभएको थियो।+
-
-
यहोसु १०:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ यहोसुले त्यहाँका सबै राजा र तिनीहरूका इलाकालाई एकै पटकमा कब्जा गरे किनभने इस्राएलका परमेश्वर यहोवाले नै इस्राएलीहरूको तर्फबाट लड्नुभएको थियो।+
-