-
प्रस्थान २३:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ म तिनीहरूलाई एक वर्षमै धपाउनेछैनँ नत्र त त्यो ठाउँ सुनसान हुनेछ र जङ्गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ।+
-
-
यहोसु १३:२-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिमीले अझ यी इलाकाहरू कब्जा गरिसकेका छैनौ:+ पलिस्तियालीहरूको र गेसुरीहरूको पूरै इलाका;+ ३ (मिश्रको पूर्वमा* पर्ने नाइल नदीबाट निस्केको शाखा नदीदेखि* उत्तरमा एक्रोनको सिमानासम्म, जुन कनानीहरूको इलाका मानिन्थ्यो)+ यसमा पलिस्तियालीहरूका पाँच जना शासकको+ इलाका पनि पर्छ—गाजा, अस्दोद,+ अस्कलोन,+ गाथ+ र एक्रोनमा+ बस्नेहरूको इलाका। अनि अव्वीहरूको+ इलाका, ४ जुन दक्षिणमा पर्छ; कनानीहरूको पूरै इलाका; सिदोनीहरूको इलाका मेराह,+ जुन एमोरीहरूको सिमानामा पर्ने अफेकसम्म फैलिएको छ; ५ गेबालीहरूको इलाका+ र पूर्वतिर लेबनानको पूरै इलाका, जुन हर्मोन डाँडाको फेदमा पर्ने बाआल-गाददेखि लेबो-हमाथसम्म*+ फैलिएको छ ६ अनि लेबनानदेखि+ मिस्रेफोथ-मैमसम्मको+ पहाडी इलाकामा बस्ने मानिसहरूको र सिदोनीहरूको+ पूरै इलाका। म तिनीहरू सबैलाई इस्राएलीहरूको सामनेबाट धपाइदिनेछु।+ तिमीले चाहिँ मैले आज्ञा गरेझैँ इस्राएलीहरूलाई ती इलाकाहरू पैतृक सम्पत्तिको रूपमा बाँडिदिनू।+
-