१७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्।