-
न्यायकर्ता १६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ पलिस्तियालीहरू भने अर्को कोठामा ढुकेर बसिरहेका थिए। अनि दलिला यसो भन्दै कराइन्: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुन्नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेका ताँदो सजिलै चुँडाइदिए, जसरी आगोले छुनेबित्तिकै आलसको धागो* टुक्राटुक्रा हुन्छ।+ तिनको बलको कारण के हो भनेर पलिस्तियालीहरूले थाह पाउन सकेनन्।
-
-
न्यायकर्ता १६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि दलिलाले नयाँ डोरी ल्याइन् र त्यसले सिमसोनलाई बाँधिन्। अनि दलिला यसरी कराइन्: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” (यतिबेला पलिस्तियालीहरू अर्को कोठामा ढुकेर बसिरहेका थिए।) यो सुन्नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेको डोरीलाई धागोजस्तै गरी चुँडाइदिए।+
-
-
न्यायकर्ता १६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि दलिलाले सिमसोनको कपाललाई तानको किलाले कसिदिइन्। त्यसपछि दलिला यसो भन्दै कराइन्: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुनेर सिमसोन निद्राबाट ब्युँझिए अनि तानको किला र धागो निकालिदिए।
-