-
न्यायकर्ता १५:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैले सिमसोन गए र ३०० वटा फ्याउरा पक्रे। तिनले राँको बनाउन लट्ठीहरू पनि ल्याए। त्यसपछि दुई-दुई वटा फ्याउराको पुच्छर बाँधे र त्यसरी बाँधेको पुच्छरको बीचमा एउटा-एउटा लट्ठी राखिदिए। ५ तिनले ती लट्ठीहरूमा आगो सल्काइदिए र फ्याउराहरूलाई पलिस्तियालीहरूका गहुँ बालीमा छोडिदिए। तिनले पलिस्तियालीहरूको अन्नको बिटा र पाकिसकेको गहुँदेखि लिएर अङ्गुरको र जैतुनको बगान सबैमा आगो लगाइदिए।
-