-
न्यायकर्ता १४:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्वरको पवित्र शक्ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्।
-