-
१ समुएल १०:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अनि समुएलले मानिसहरूलाई भने: “यहोवा परमेश्वरले छान्नुभएको मानिसलाई हेर!+ इस्राएलमा उहाँजस्तो मानिस अरू कोही छैन।” त्यसपछि सबैले ठूलो स्वरमा यसो भन्न थाले: “राजाको जय होस्!”
-
-
१ समुएल ११:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन् भनेर फेरि एक चोटि घोषणा गरौँ।”+ १५ त्यसैले सबै मानिस गिलगाल गए अनि त्यहाँ तिनीहरूले यहोवा परमेश्वरसामु साउललाई राजा बनाए। त्यसपछि तिनीहरूले यहोवा परमेश्वरको निम्ति मेलबलि चढाए।+ त्यो दिन साउल अनि सबै इस्राएलीले हर्षोल्लासका साथ त्यो उत्सव मनाए।+
-