-
१ समुएल १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साउलका छोरा जोनाथन दाउदलाई असाध्यै माया गर्थे।+ त्यसैले जोनाथनले दाउदलाई भने: “मेरो बुबा साउल तपाईँलाई मार्न चाहनुहुन्छ। भोलि बिहान तपाईँ होसियार हुनुहोस्! कसैले नदेख्ने ठाउँमा जानुहोस् र त्यहीँ लुकिरहनुहोस्।
-
-
१ समुएल २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तब जोनाथनले दाउदलाई फेरि एक पटक आफ्नो मायाको कसम खान लगाए किनभने तिनी दाउदलाई आफूलाई जस्तै माया गर्थे।+
-
-
१ समुएल २०:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ जोनाथनको सेवक त्यहाँबाट गइसकेपछि दाउद दक्षिणतिर आफू लुकिरहेको ठाउँबाट निस्के। त्यसपछि तिनी घुँडा टेकेर जोनाथनसामु तीन चोटि भुईँमा घोप्टो परे। तिनीहरूले एकअर्कालाई म्वाइँ खाए अनि दुवै जना रुन थाले। तर दाउदचाहिँ धेरै रोए।
-
-
२ समुएल १:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
मप्रति तिम्रो प्रेमले स्त्रीहरूको प्रेमलाई जित्थ्यो।+
-