२५ ती इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए: “देख्यौ त्यो मान्छेलाई! त्यसले इस्राएलीहरूलाई यसरी नै चुनौती दिइरहेको छ।+ जसले त्यसलाई मार्छ, उसलाई राजाले थुप्रै धनसम्पत्ति दिनुहुनेछ, उसलाई आफ्नै छोरीसमेत दिनुहुनेछ+ अनि उसको बुबाको घरानालाई कर र अनिवार्य सेवाहरूबाट छुट दिनुहुनेछ।”