-
१ समुएल २०:१९-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ पर्सिसम्ममा त उहाँले अवश्य तपाईँबारे सोधखोज गर्नुहुनेछ। तपाईँ त्यो दिन* जहाँ लुक्नुभएको थियो, यसपालि पनि त्यहीँ लुक्नुहोस्। अनि यस ढुङ्गाको छेवैमा पर्खेर बस्नुहोस्। २० एउटा निसानालाई ताकेर हानेझैँ म यस ढुङ्गाको छेउमा तीन चोटि काँड हान्नेछु। २१ अनि म आफ्नो सेवकलाई यसो भन्नेछु, ‘जाऊ, काँडहरू खोजेर ल्याऊ।’ मैले सेवकलाई ‘हेर! काँडहरू तिम्रो नजिकै छन्; ती लिएर आऊ’ भनेमा तपाईँ फर्केर आउन सक्नुहुन्छ। जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु, त्यसको अर्थ हो, सबै कुरा ठीक छ र तपाईँलाई कुनै खतरा छैन। २२ तर मैले आफ्नो सेवकलाई ‘हेर! काँडहरू अझै पर छन्’ भनेमा तपाईँ जानुहोस् किनभने यहोवा परमेश्वर तपाईँ यहाँबाट गएको चाहनुहुन्छ।
-