-
१ समुएल २५:१४-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यस दौडान नाबालका एक जना सेवकले नाबालकी पत्नी अबिगेललाई भने: “दाउदले हाम्रा मालिकलाई शुभकामना दिन निर्जनभूमिबाट सन्देशवाहकहरू पठाएका थिए। तर मालिकले भने तिनीहरूलाई हकारेर तिनीहरूको बेइज्जत गर्नुभयो।+ १५ निर्जनभूमिमा तिनीहरूसित रहुन्जेल तिनीहरूले हामीलाई कहिल्यै दुःख दिएनन् अनि हाम्रो केही पनि हराएन। तिनीहरूले हामीसित असाध्यै राम्रो व्यवहार गरेका थिए।+ १६ तिनीहरू हाम्रो लागि सुरक्षित पर्खालसरह थिए। भेडाबाख्रा चराउन तिनीहरूसँग रहुन्जेल तिनीहरूले दिनरात हाम्रो सुरक्षा गरे।
-