१४ त्यसपछि दाउदले आफ्ना सन्देशवाहकहरूमार्फत साउलका छोरा इस्बोसेतकहाँ यो सन्देश पठाए:+ “मलाई मेरी पत्नी मिकल फिर्ता देऊ, जससित मगनी गर्न मैले १०० जना पलिस्तियालीको खलडी दामस्वरूप तिरेको थिएँ।”+ १५ त्यसैले मिकललाई ल्याउन इस्बोसेतले आफ्ना मानिसहरू तिनका पति पल्तिएलको घरमा पठाए,+ जो लेसका छोरा थिए।