प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब नातान आफ्नो घर गए।

      उरियाहकी पत्नीले दाउदबाट जन्माएको छोरालाई यहोवा परमेश्‍वरले बिरामी बनाइदिनुभयो।

  • २ समुएल १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जब दाउदले आफ्ना नोकरचाकरले एकअर्कासित खासखुस गरिरहेको देखे, तब तिनले बालक मरेछ भनी बुझे। तिनले आफ्ना नोकरचाकरलाई सोधे: “बालक मऱ्‍यो?” उनीहरूले जवाफ दिए: “हजुर, बालक मऱ्‍यो।”

  • २ समुएल १३:१०-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि अम्नोनले तामारलाई भने: “यो रोटी मेरो सुत्ने कोठामा लिएर आऊ र म तिम्रै हातबाट खानेछु।” त्यसैले आफूले बनाएको रोटी लिएर तामार आफ्ना दाइ अम्नोनको सुत्ने कोठामा गइन्‌। ११ तामार रोटी लिएर आएपछि अम्नोनले उनलाई च्याप्प समाते र भने: “आऊ, मेरी बहिनी। मसित सुत!” १२ तर तामारले तिनलाई भनिन्‌: “होइन दाइ! मसित यस्तो नीच काम नगर्नुहोस्‌! इस्राएलमा यस्तो घिनलाग्दो काम गर्नु उचित होइन।+ यस्तो लाजमर्दो काम नगर्नुहोस्‌।+ १३ तपाईँले यसो गर्नुभयो भने मैले मानिसहरूको अगाडि कुन मुख देखाउनु? अनि इस्राएलमा तपाईँको पनि बेइज्जत हुनेछ। बरु बिन्ती छ, राजासित कुरा गर्नुहोस्‌। उहाँले मलाई तपाईँको हातमा दिन इन्कार गर्नुहुनेछैन।” १४ तर अम्नोनले उनको कुरा सुन्‍नै चाहेनन्‌। तिनले तामारलाई जबरजस्ती गरे अनि उनलाई बलात्कार गरेर उनको अपमान गरे। १५ त्यसपछि अम्नोनले उनलाई असाध्यै घृणा गर्न थाले। तिनले तामारलाई पहिला जति माया गर्थे, त्योभन्दा धेरै उनलाई घृणा गर्न थाले। अनि अम्नोनले तामारलाई भने: “उठ्‌, यहाँबाट गइहाल्‌!”

  • २ समुएल १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यो सुन्‍नेबित्तिकै दाउदले यरुसलेममा आफूसँग भएका सबै सेवकलाई भने: “उठ! हामी यहाँबाट भागौँ!+ नत्र हामीमध्ये कोही पनि अब्सालोमको हातबाट उम्कन सक्नेछैनौँ। चाँडो गर! नत्र त अब्सालोमले हामीलाई आक्रमण गर्नेछ अनि सहरका सबै मानिसलाई तरबारले मारेर बरबाद गर्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने