-
न्यायकर्ता २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+
-
-
न्यायकर्ता २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरूले यहोवा परमेश्वरलाई त्यागे अनि बाआल र अस्तोरेथका मूर्तिहरूलाई पुज्न थाले।+
-
-
१ समुएल ७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि समुएलले इस्राएलका सबै घरानालाई भने: “यदि तिमीहरू मनैदेखि यहोवा परमेश्वरतर्फ फर्कन चाहन्छौ भने+ तिमीहरूबीच भएका अरू देवताहरू+ र अस्तोरेथका मूर्तिहरू+ फ्याँकिदेओ; तिमीहरूको पूरा हृदय यहोवा परमेश्वरतर्फ लगाओ, उहाँको मात्र सेवा गर।+ अनि उहाँले तिमीहरूलाई पलिस्तियालीहरूको हातबाट जोगाउनुहुनेछ।”+
-