-
१ राजा १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले म यरोबामको घरानामाथि विपत्ति ल्याउनेछु। म तिनको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्नेछैनँ। कसैले गोबर सोहोरेर सिनित्तै पारेझैँ म यरोबामको घरानाको+ नामोनिसान मेटाइदिनेछु।
-
-
१ राजा १५:२५-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहुदाका राजा आसाको शासनकालको दोस्रो वर्षमा यरोबामका छोरा नादाब+ इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष शासन गरे। २६ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। तिनी आफ्नो बुबाकै चालमा हिँडे।+ तिनका बुबाले जुन पाप गरेका थिए र इस्राएललाई पनि गर्न लगाएका थिए, तिनले त्यही गरे।+ २७ इस्साकारको घरानाका अहियाहका छोरा बासाले नादाबविरुद्ध षड्यन्त्र रचे। उनले नादाबलाई पलिस्तियालीहरूको सहर गिब्बथोनमा मारे।+ त्यसबेला नादाब आफ्ना सबै इस्राएली सैनिक लिएर गिब्बथोनलाई घेरा हालेर बसिरहेका थिए। २८ यसरी यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा बासाले नादाबलाई मारे र उनी नादाबको ठाउँमा राजा भए। २९ राजा हुनेबित्तिकै बासाले यरोबामको घरानाका सबैलाई मारे; उनले एक जनालाई पनि बाँकी राखेनन्। यहोवा परमेश्वरले आफ्ना सेवक, सिलोका अहियाहमार्फत भन्नुभएको वचनअनुसारै बासाले यरोबामको घरानालाई सखाप पारे।+
-