-
२ इतिहास १२:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा सिसक+ यरुसलेमलाई आक्रमण गर्न आए किनकि इस्राएलीहरूले यहोवा परमेश्वरलाई विश्वासघात गरेका थिए। ३ सिसकले मिश्रबाट १ हजार २ सय रथ, ६० हजार घोडचढी अनि लिबियाली, सुक्की र इथियोपियाली+ सेनाका अनगिन्ती फौज लिएर आएका थिए। ४ उनले यहुदामा भएका पर्खालले घेरिएका सहरहरू कब्जा गरे र उनी यरुसलेमसम्मै पुगे।
-