-
१ राजा १५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब आसाले यहोवा परमेश्वरको भवनको भण्डारमा र राजमहलको भण्डारमा बाँकी रहेका सबै सुन र चाँदी आफ्ना सेवकहरूको हातमा सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद हेज्योनका नाति र तब्रिमोनका छोरा थिए। उनी दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पठाए:
-
-
२ राजा १८:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले यहुदाका राजा हिजकियाहले लाकिसमा अस्सेरियाका राजालाई यस्तो सन्देश पठाए: “मबाट भूल भयो। यो सहरलाई घेर्न छोडिदिनुहोस्। बरु तपाईँले भनेजति जरिबाना तिर्न म तयार छु।” त्यसैले अस्सेरियाका राजाले यहुदाका राजा हिजकियाहलाई ३०० टालेन्ट* चाँदी र ३० टालेन्ट सुन जरिबाना तिर्न लगाए। १५ तब हिजकियाहले यहोवा परमेश्वरको भवनमा र राजमहलका भण्डारहरूमा भेटिएजति सबै चाँदी निकालेर अस्सेरियाका राजालाई दिए।+
-
-
२ राजा २४:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+ १३ बेबिलोनका राजाले यहोवा परमेश्वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा भयो।
-