प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १०:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल* सुन लागेको थियो।)+ १७ तिनले त्यसरी नै ३०० वटा साना ढाल* पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना* सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+

  • २ इतिहास १२:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्‍वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+ १० त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए। ११ जब-जब यहोवा परमेश्‍वरको भवनमा राजा आउँथे, तब-तब पहरेदारहरू पनि तिनीसँगै भित्र जान्थे र ती ढालहरू बोक्थे अनि फेरि त्यसलाई लगेर पहरेदारहरूको चौकीमा राख्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने