-
१ राजा ९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत् गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
-
-
१ राजा १६:३०-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० ओम्रिका छोरा आहाब यहोवा परमेश्वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।+ ३१ नबातका छोरा यरोबामले जुन पाप गरेका थिए, तिनले त्यही गरे।+ यतिले पनि नपुगेर तिनले सिदोनीहरूका+ राजा एतबालकी छोरी ईजेबेलसित+ विवाह गरे अनि बाआल+ देवतालाई ढोग्न र त्यसलाई पुज्न थाले। ३२ साथै तिनले सामरियामा बनाएको बाआलको मन्दिरमा एउटा वेदी बनाए।+ ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।
-