प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि निम्सिका नाति, यहोसापातका छोरा येहुले+ यहोरामविरुद्ध षड्‌यन्त्र रचे।

      इस्राएललाई सिरियाका राजा हाजाएलको+ आक्रमणबाट जोगाउन यहोराम पूरै इस्राएली सेनासहित रामोथ-गिलाद+ गएका थिए।

  • २ राजा ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ येहुले आफ्नो धनु उठाएर यहोरामको पिठिउँमा हाने। काँडले यहोरामको मुटु वारपार हुनेगरि छेड्‌यो र उनी रथमै मरे।

  • २ राजा १०:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब येहुले तिनीहरूलाई अर्को पत्र लेखे। पत्रमा यस्तो लेखिएको थियो: “यदि तपाईँहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो हुकुम मान्‍न राजी हुनुहुन्छ भने आफ्नो मालिकका छोराहरूको टाउको लिएर भोलि यही समयमा यिज्रेल आउनुहोस्‌।”

      त्यतिबेला ७० जना राजकुमार सहरका गण्यमान्य मानिसहरूसँग बस्थे र तिनीहरूले नै उनीहरूको हेरविचार गर्थे। ७ पत्र पाउनेबित्तिकै तिनीहरूले ७० जना राजकुमारलाई मारे।+ त्यसपछि तिनीहरूले उनीहरूको टाउको काटेर टोकरीहरूमा हाले र ती यिज्रेलमा येहुकहाँ पठाइदिए।

  • २ राजा १०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि येहु र रेकाबका छोरा यहोनादाब+ बाआलको मन्दिरभित्र गए। येहुले बाआलका उपासकहरूलाई भने: “यहाँ यहोवाका उपासकहरू पनि छन्‌ कि, राम्ररी हेर। यहाँ बाआलका उपासकहरूबाहेक अरू कोही नहोऊन्‌।”

  • २ राजा १०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अग्निभेटी चढाउन सिद्धिनेबित्तिकै येहुले पहरेदारहरूलाई र सेनाका सहायक अफिसरहरूलाई यसो भने: “भित्र आओ र यिनीहरूलाई मार! एक जनालाई पनि उम्कन नदेओ।”+ त्यसैले ती पहरेदारहरू र सेनाका सहायक अफिसरहरूले बाआलका उपासकहरूलाई तरबारले मार्दै बाहिर फ्याँक्न थाले। उनीहरू तिनीहरूलाई मार्दै मन्दिरको भित्री कोठासम्मै* पुगे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने