-
यसैया ३९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ त्यसबेला बेबिलोनका राजा मरोदक-बलदान, जो बलदानका छोरा थिए, तिनले हिजकियाह बिरामी परेका थिए र अहिले निको भएका छन् भनेर सुने।+ त्यसैले तिनले आफ्ना दूतहरूको हातमा हिजकियाहकहाँ चिठी र उपहार पठाए।+ २ हिजकियाहले खुसी हुँदै उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।
-