७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
१० सातौँ महिनाको २३ औँ दिनमा राजाले मानिसहरूलाई त्यहाँबाट पठाए।+ यहोवा परमेश्वरले दाउद, सुलेमान र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएको भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+
१२ तब सबै मानिस खानपिन गर्न गए र तिनीहरूले अरूलाई पनि खानेकुरा पठाइदिए। त्यस दिन तिनीहरूले निकै रमाहट गरे+ किनकि तिनीहरूले आफूलाई सिकाइएको कुरा बुझेका थिए।+