-
२ राजा २०:८-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हिजकियाहले यसैयालाई यस्तो प्रश्न सोधेका थिए: “यहोवा परमेश्वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्वरको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+ ९ यसैयाले जवाफ दिए: “यहोवा परमेश्वरले भन्नुभएको यो कुरा अवश्य पूरा हुनेछ भनेर देखाउन यहोवा परमेश्वरले तपाईँलाई यस्तो चिन्ह दिनुहुनेछ: तपाईँ भऱ्याङमा* परेको छाया १० खुट्किला अघि सरेको चाहनुहुन्छ कि १० खुट्किला पछि सरेको चाहनुहुन्छ?”+ १० हिजकियाहले भने: “छाया १० खुट्किला अघि सर्नु त सजिलै कुरा हो तर १० खुट्किला पछि सर्नु भने गाह्रो कुरा हो।” ११ तब भविष्यवक्ता यसैयाले यहोवा परमेश्वरलाई पुकारे अनि परमेश्वरले आहाजको भऱ्याङमा अगाडि सरिसकेको छायालाई १० खुट्किला पछाडि सार्नुभयो।+
-